सडक दुर्घटनाको भयानक तस्बिर
पाँच वर्षमा सडक दुर्घटनामा १३ हजार नागरिकको मृत्यु
बढ्दो ग्राफमा दुर्घटनाको कारक बन्यो सडकको दुरावस्था !
काठमाडाैँ - गत शनिबार कैलालीमा बजार हिँडेका वसन्तराज शर्मा ट्रकको ठक्करले घटनास्थलमा नै मृत्यु भयो। घरयासी सामान लिन बजार गएका शर्मा बाटोमा दुर्घटनामा परेपछि परिवार भावविह्वल भयो । परिवारको मुख्य सदस्यको दुर्घटनमा मृत्यु भएपछि परिवारलाई अर्को दु:खले घेरेको छ ।
यस्तै केही वर्ष अगाडि दाङमा मोटरसाइकलमा सवार दाङमा जीपको ठक्करबाट नेवकुमार चौधरीको मृत्यु भयो। उनीसँगै सवार उनका साथी भने गम्भीर घाइते भए । घर नजिकै निस्केका उनका बाटैमा जीपको ठक्करले मृत्यु भएपछि उनकी आमा आजसम्म पनि छोराको बाटो हेर्दै आशु बगाउँछिन् ।
नेपालमा सवारी साधन दुर्घटनाको 'ग्राफ' हेर्दा दिनदिनै बढ्दै गएको देखिन्छ । सडक दुर्घटनामा एक दुई जनाको मृत्युको समाचार त हिजोआज सबैलाई सामान्य हुन थालेका छन् ।
दिनदिनै आउने यस्ता सवारी दुर्घटना बढेको समाचारले सवारी साधनमा चढ्ने बेलामा सकुशल गन्तब्यमा पुगिन्छ पुगिँदैन झनै अन्यौलता बढ्नु स्वभाविकै हो । सवारी साधनमा सिट पाउने, समयमा पुग्ने आशा भन्दा पनि विस्तारै जनमानसमा सकुशल घर पुग्नु नै ठूलो सपना हुँदैछ ।
नेपालमा सडक दुर्घटना अत्यन्तै भयवय बनेको छ । नेपालमा सडक दुर्घटनाको मुख्यकारण सडकको अवस्था, सवारीको अवस्था र चालकको अवस्था नै हो। कतिपय अवस्थामा भने पैदलयात्री तथा चौपायका कारणले समेत सवारी दुर्घटना हुने गरेका छन् । राजमार्गमा छोडिने चौपायले पनि सवारी दुर्घनामा गराउने गरेका छन् ।
नेपालमा विगत ५ वर्ष ४ महिनामा सडक दुर्घटनाबाट १३ हजार ३ सय ५१ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरूमा अधिकांस दुर्घटना कच्ची तथा साँघुरो सडकका कारण भएको प्रहरी बताउँछ ।
दुर्घटनाको डरलाग्दाे ग्राफ
सडक दुर्घटनाको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७३/०७४ मा १० हजार १ सय ७८ दुर्घटना हुँदा २३८४ जनाले ज्यान गुमाएका थिए जसमा गम्भीर घाइते ४ हजार २ सय ५० र साधारण चोटपटक लागेका ८ हजार २ सय ९० जना थिए ।
आ.व २०७४/०७५ मा मृतकको संख्या बढेको देखिन्छ । १० हजार ९ सय ६५ दर्घटना हुँदा २ हजार ५ सय ४१ जनाले ज्यान गुमाएका देखिन्छ । यसमा गम्भीर र सामान्य घाइतेको संख्या १२ हजार ३ सय ९२ थियो ।
यस्तै आ.व २०७५/०७६ मा २ हजार ७ सय ८९ जनाले दर्घटनाबाट ज्यान गुमाए। १३ हजार ३ सय ६६ वटा दुर्घटना हुँदा सामान्य घाइते संख्या १० हजार ३ सय ६० थिए भने गम्भीर घाइतेको संख्या ४ हजार ३ सय ७६ थियो ।
आर्थिक वर्ष २०७६/०७७ मा सडक दुर्घटनामा १५ हजार ५ सय ५९ दर्घटना हुँदा २ हजार २ सय ५१ ले ज्यान गुमाए । ४ हजार ६ सय १५ गम्भीर घाइते हुँदा ११ हजार २ सय १९ मानिस सामान्य घाइते भएका थिए । कोभिड-१९ ले केही महिनामात्र यातायात सञ्चालन भएका थिए ।
त्यसैगरि आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक हेर्दा २० हजार ६ सय ४० दर्घटना हुँदा २५ सयले ज्यान गुमाए । जसमा ६ हजार ४ सय ४८ जना गम्भीर र १८ हजार ६ सय साधारण घाइते भएका थिए।
यता चालु आर्थिक वर्षको ४ महिनाको अवधिमै ७ हजार ७ सय ८३ दुर्घटना हुँदा ८ सय ८६ जनाले ज्यान गुमाएका छन् । जसमा २ हजार ३ सय ८५ गम्भीर तथा ८ हजार २ सय १६ सामान्य घाइते भएको तथ्यांकले देखाउँछ ।
माथिको तथ्यांक हेर्दा दुर्घटनाको संख्या बढ्दै गएको देखाउँछ । ५ वर्ष ४ महिनाको अवधिमा ७८ हजार ४ सय ९१ दुर्घटना भएका छन् । दुर्घटनामा ६४ हजार ९ सय ३२ साधारण घाइते भएका छन् भने २६ हजार २ सय १८ गम्भीर घाइते भएका थिए । यसरी करिव ५ वर्षको अवधिमा १३ हजार ३ सय ५१ जनाले दुर्घटनाबाट ज्यान गुमाएको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष |
ज्यान गुमाएका |
गम्भिर घाइते |
साधारण घाइते |
दुर्घटना संख्या |
|
२०७३/०७४ |
२३८४ |
४२५० |
८२९० |
१०१७८ |
|
२०७४/०७५ |
२५४१ |
४१४४ |
८२४७ |
१०९६५ |
|
२०७५/०७६ |
२७८९ |
४३७६ |
१०३६० |
१३३६६ |
|
२०७६/०७७ |
२२५१ |
४६१५ |
११२१९ |
१५५५९ |
|
२०७७/०७८ |
२५०० |
६४४८ |
१८६०० |
२०६४० |
|
२०७८/०७९ चार महिना |
८८६ |
२३८५ |
८२१६ |
७७८३ |
|
जम्मा |
१३३५१ |
२६२१८ |
६४९३२ |
७८४९१ |
|
सडककाे दुरावस्थाले निम्त्याँछ ठूला दुर्घटना
नेपालमा सडक दुर्घटनाको कारण सडकको अवस्था, सवारीको अवस्था तथा चालकको अवस्था प्रमुख देखिन्छ । नेपालमा अधिकांस ठूला दुर्घटना सडकको अवस्थाले निम्त्याउने गरेको देखिन्छ । भर्खर तथा विना इन्जिनियरिङ निर्माण भएका साँघुरा सडकले पनि दुर्घटना बढाएको छ ।
विशेषगरी तराई क्षेत्र तथा राजमार्ग घुम्ती सडकले गर्दा पनि दुर्घटना निम्त्याउने गरेको छ । मादक पदार्थ सेवन, तीव्र गति, यान्त्रिक गडबढी जस्ता कारणले गर्दा पनि दुर्घटना हुने गरेका छन्।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर दुर्घटनामा सबैभन्दा बढी चालकको लापरवाहीले गर्दा बढेपनि कतिपय अवस्थामा भने 'ब्रेक-फेल' तथा अन्य कारण समेत हुने बताउँछन् । उनी भन्छन्, 'चालकले धैर गरेर सवारी साधन चलाउने हो भने धेरै हदसम्म दुर्घटनामा कमी आउँछ । मादक पदार्थ सेवन तथा तीव्र गतिले पनि कतिपयले अकालमै ज्यान गुमाएका छन् ।'
उपत्यकमा २८ हजार मोटरसाइकल तथा स्कुटर दुर्घटना
आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ को ५ वर्षको अवधिमा काठमाडौँमा मात्रै ९ सय ४९ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । प्रहरीको तथ्यांक अनुसार अधिकांस मोटरसाइकल चालक उपत्यकामा सवारी दुर्घटना पर्ने गरेका छन् ।
उपत्यकाका सडकमा गुड्ने मोटरसाइकल तथा स्कुटर नै मुख्य दुर्घटनामा संलग्न रहेको देखिन्छ । पाँच वर्षमा २८ हजार १२ मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट प्रभावित भएका देखिन्छन् ।
यस्तो छ पाँच वर्षमा उपत्यकामा दुर्घटनामा संलग्न सवारी साधन
आर्थिक वर्ष |
ट्रिपर / ट्रक |
बस |
माइक्रो |
कार/भ्यान, जीप |
मो.सा/ स्कुटर |
ट्याम्पो/ट्याकटर |
अन्य |
जम्मा |
||||
२०७३/७४ |
१४०० |
११६८ |
४१३ |
३२७० |
३३४९ |
१३० |
१०० |
९८३० |
||||
२०७४/७५ |
१५८० |
१३२७ |
४१० |
३८९० |
४०६५ |
१०३ |
१३१ |
११५०७ |
||||
२०७५/७६ |
१७९१ |
१९५१ |
३६५ |
५३०५ |
५५११ |
१३८ |
१२९ |
१५१९० |
||||
२०७६/७७ |
१७३१ |
२०३५ |
२६९ |
६५६४ |
७१४२ |
१४७ |
१५८ |
१८०४६ |
||||
२०७७/७८ |
१६६० |
११७४ |
१०५ |
५८४१ |
७९४५ |
१२३ |
२१५ |
१७०६३ |
||||
जम्मा |
७६५५ |
२४८७० |
१५६२ |
२४८७० |
२८०१२ |
६४१ |
७३३ |
|
||||
हत्केलमा ज्यान
पछिल्लो समय सडक दुर्घटनाका घटनाले गर्दा अकालमा ज्यान गुमाउनेको संख्या भयाबह रुपमा बढेको छ । सडक दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरवाही नै हो। सडकमा निस्केपछि सबैलाई हतार हुने गर्दा नै धेरै जसो दुर्घटना हुने गरेका छन् ।
उपत्यकमा हुने अधिकांस दुर्घटनामा सवारी चालकको लापरबाही नै प्रमुख कारण रहेको ट्राफिक प्रवक्ता संजिव शर्मा दास बताउँछन् । चालकले धैर गर्ने हो भने दुर्घटनामा कमी आउने शर्मा बताउँछन् । 'घरबाट निस्कदा बाटोमा हतार गर्नुभन्दा बाटोलाई समय छुट्याएर यात्रा गर्दा आफूसँगै अन्यको समेत ज्यान सुरक्षित रहन सक्छ' शर्मा भन्छन् । सबैभन्दा चालकले आफ्नो र परिवारप्रतिको जिम्मेवारी सम्झिने हो भने पनि धेरै हदसम्म दुर्घटना कम हुने शर्माको भनाई छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया