घटना-दुर्घटना

एम्बुलेन्स बससँग ठोक्किदा ६ जना घाइते

इकागज |
मंसिर १९, २०७८ आइतबार २२:३३ बजे

फाइल फोटो

चितवन - भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठोक्किदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना ६ ख ९४५८ नंको बसमा सोही दिशातर्फ बिरामी पु¥याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३च ९९९ नंको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिएको थियो । 

ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित छ जना घाइते भएका हुन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । दुईको मध्यम र तीनजनाको अवस्था सामान्य रहेको छ । घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस 



Author

थप समाचार
x