घटना-दुर्घटना

सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाखसहित विमानस्थलबाट पक्राउ

इकागज |
पुस १८, २०७८ आइतबार १५:५२ बजे

फाइल तस्‍बिर

विराटनगर - सौर्य एयरलाइन्सकी एक कर्मचारी स्रोत नखुलेको नगद ५० लाखसहित काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका–४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेल रहेकी छन् ।

विराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको भन्ने सूचनाको आधारमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त झोलामा रकम फेला परेका हाे । 


प्रहरीका अनुसार उक्त रकम संकलन गर्न आएकी सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई पक्राउ गरिएकाे हाे ।

प्रहरीले स्राेत नखुलेको तथा भन्सार उद्घोषसमेत नगरेको १ हजार दरको ४ हजार ९ सय ५० थान र ५ सय दरको १ सय थान गरी जम्मा ५० लाख रुपैयाँ फेला पारेकाे हाे । बरामद नगदसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको  प्रहरीले जनाएकाे छ ।      
 


Author

थप समाचार
x