घटना-दुर्घटना

करेन्ट लागेर सिभिल इन्जिनियर ठाकुरको मृत्यु

इकागज |
पुस २९, २०७८ बिहीबार १९:२ बजे

सांकेतिक फोटो

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर सप्तरी घर भई हाल ललितपुर गोदावरी बस्ने वर्ष २८ को अनिल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर घाइते भएको ठाकुरको जिल्ला अस्पताल संखुवासभामा बिहीबार दिउँसो २ बजे मृत्यु भएको प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।  करेन्ट लागेर बेहोस भएका सिभिल इन्जिनियर ठाकुरलाई थप उपचारका लागि  जिल्ला अस्पताल संखुवासभा ल्याइएको थियो । 


बिहीबार बिहान सभापोखरी–३ बाह्रबिसे स्थित निर्माणाधीन स्वास्थ्य चौकी भवनको अनुगमन गर्ने छतमा पुगेका सिभिल इन्जिनियर ठाकुरलाई विद्युत् प्रसारण लाइनको तारबाट करेन्ट लागेर थियो । करेन्ट लागेर गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रमका जिल्ला अस्पतालमा मृत्यु भएको डिएसपी सुवेदीले बताए । 

सिभिल इन्जिनियर ठाकुर निर्माणाधीन स्वास्थ्य चौकी भवन हेर्ने केही दिन यता सभापोखरी गाउँपालिका आइपुगेको हुन् । मृतक ठाकुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


Author

थप समाचार
x