उम्मेदवारको निधन हुँदा पुनः मनोनयनको तयारी
रुपन्देही- आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको मृत्यु भएको हो ।
उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए। उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया