घटना-दुर्घटना

वडाध्यक्ष उम्मेदवारका बुवामाथि धारिलाे हतियार प्रहार

इकागज |
बैशाख २२, २०७९ बिहीबार १४:३९ बजे

प्रतिकात्‍मक तस्‍बिर ।

जनकपुरधाम- धनुषामा नेकपा माओवादी उम्मेदवारका बुबालाई धारिलो हतियार प्रहार गरिएको छ। धनुषाको कमला नगरपालिका १ मँगराहास्थित वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्र नारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरि घाइते बनाइएकाे छ ।

गम्भीर घाइते भएका यादवकाे उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । राति १२ः३० बजे आफ्नै घरमा सुतिरहेका वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवलाई आक्रमण गर्न गएको अज्ञात समूहले ढोका फोड्न नसकी बाहिरै बरन्डामा सुतेका उनको बुवालाई आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ।


घाइते यादवको शरीरका विभिन्न ठाउँमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाती सुरेन्द्र यादवले बताए। घटनाबारे पूर्ण विवरण आइनसकेको र अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।


Author

थप समाचार
x