पूर्वाधार

महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

इकागज |
असार ९, २०८० शनिबार ८:१४ बजे

पर्वत-पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए ।    
    
सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।    
    
अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ ।    
 



Author

थप समाचार
x