पूर्वाधार

एशियाली सडक विस्तारका लागि धमाधम रुख काटिदैं

इकागज |
बैशाख ९, २०८१ आइतबार १३:४९ बजे

काठमाडौँ - पूर्व पश्चिम राजमार्गलाई एशियाली सडकका रुपमा विस्तार गर्न २ लेन बाट ४ लेन बनाउने क्रममा सडक छेउका रुख काट्ने कार्य अन्तिम चरणमा पुगेको छ । 

झापाको काकडभिट्टाबाट लौकही सम्मको सडक विस्तारका लागि राइट अफ वे अन्तर्गत परेका रुखहरू काटिएको हो । सडक विभाग, वन कार्यालयका कर्मचारी, ठेकेदार प्रतिनिधिहरूको रोहबरमा रुख काटेर दाउरा र गोलिया छुट्याई घाटगद्दी गर्ने गरिएको कानेपोखरी सब डिभिजन वन कार्यालयका वन रक्षक लाल बहादुर मगरले जानकारी दिए । 


उनले चिसाङ पुल देखि डाँसखोला सम्मको करिब ५ हजार ५३ वटा रुखहरू विगत २ महिना देखि काट्न थालिएको र केही दिनमा रुख काट्ने काम सम्पन्न हुने बताए । 

वन क्षेत्रमा राइट अफ वे २५ मिटर बाट साढे १७ मिटर कायम गरिएपछि काट्नुपर्ने रुखहरूको संख्या घटेको छ । विभिन्न सामुदायिक वन र राष्ट्रिय वन अन्तर्गत रहेका रुखहरू सामुदायिक वनको कि स्थानीय पालिकाको स्वामित्वमा रहने विवाद रहेकोमा अहिले रुखहरू काटेर वन कार्यालयमा घाट गद्दी गर्ने कार्य भइरहेको हो । मोरङमा करिब २६ किलोमिटर सडकको स्तरोन्नति गर्नका लागि साइट क्लिएर गर्ने कार्य भइरहेको छ । 


Author

थप समाचार
x