बीमा

नेशनल लाईफको कोशी टप्पु भ्रमण सम्पन्न

इकागज |
मंसिर १७, २०८० आइतबार १७:४० बजे

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई कोशी टप्पु भ्रमण गराएको छ । 

कम्पनीको मासिक योजना अन्तर्गतकाे लक्ष्य पूरा गर्ने अभिकर्ताहरूले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।  


कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूसहित देशैभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ६०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरूको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैं अब्बल रहने बताए । उनले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने उद्देश्यले यस्ता कार्यक्रमहरूको आयोजना गरिएको जानकारी गराउनु हुँदै योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरूलाई गिफ्ट भाउचर र अवार्ड प्रदान गरेका थिए ।

 


Author

थप समाचार
x