वार्ता

कोभिड महामारीमा विरोधका कार्यक्रम 'सुपर स्प्रेडर' नबनून् भन्नेमा सचेत छौं

अतिन आचार्य |
भदौ २४, २०७८ बिहीबार १५:३७ बजे

उपत्यकामा दैनिक कोभिड संक्रमितको संख्या पाँच सय भन्दा बढी देखिइरहेको छ । जनस्वास्थ्यको मापदण्ड पालना नगरी मानिसहरू विभिन्न माग राखी प्रदर्शनमा गरीरहेका छन् । स्वास्थ्य सुरक्षाको चुनौती रहनुका साथै नागरिकको जीवन सुरक्षा पनि प्रशासनको पहिलो दायित्त्व भित्र पर्छ । चाडपर्व पनि नजिकिएकाले कालोबजारी बढन सक्ने भएकाले अनुगमनको जरुरी छ । यसै सन्दर्भमा गृह मन्त्रालयमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालसँग इकागजकर्मी अतिन आचार्यले गरेको संवाद :

काठमाडौँमा निषेधाज्ञा खुकुलो भइसकेको छ । दैनिक पाँच सयदेखि माथि संक्रमित देखिइरहेको छ । जनस्वास्थ्यको मापदण्ड तथा सामाजिक दूरी पालना गरिएको छैन कोभिड नियन्त्रणका लागि आगामी दिनमा यहाँको भूमिका कस्तो रहन्छ ?


हिजोदेखि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालेको छु । काठमाडौँमा सबैभन्दा बढी कोभिड-१९ को संक्रमित छन् । संक्रमितको उपचार र व्यवस्थापन पहिलो दायित्वमा पर्छ । महामारीमा काठमाडौँबासीको स्वास्थ्यको सुरक्षा गरी संक्रमण हुन नदिनका लागि प्रशासनले के-के काम गर्नुपर्ने हो त्यसको समीक्षा गरिन्छ । जिल्ला कोभिड संकट व्यवस्थापनसँग छलफल गरेर उपत्यकामा संक्रमितको अवस्था र कस्तो सुरक्षा व्यवस्था अवलम्बन गर्न सकिन्छ त्यस विषयमा छलफल गरी प्रभावकारी कदम चालिन्छ । अहिले कोभिडको अवस्था कस्तो छ र विगतका समीक्षा गरी आगामी दिनमा कस्तो उपाय अपनाउँदा नियन्त्रणमा आउन सक्छ त्यसमा ध्यान दिने विषयमा छलफल गर्छौ ।

काठमाडौँको विभिन्न स्थानमा कोभिडविरुद्धको खोप लगाइ राखिएको छ । खोप केन्द्रमा खोप लाइनको राम्रोसँग व्यवस्थापन हुन सकिरहेको छैन । तोकिएको मिति अगावै खोप सकिएको भनी घोषणा गरिन्छ । खोपको परिमाण अनुसार खोप लगाउनेहरूको संख्या व्यवस्थापनका लागि के गर्नुहुन्छ ?

देशभर खोपको उपलब्ध सहजै हुन सकेको अवस्था छैन । खोपका विषयमा स्वास्थ्य मन्त्रालयदेखि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ जिम्मेवार बनी सबैलाई खोप उपलब्ध गराउन तल्लिन छन् । तर, हामीले खोप केन्द्रको सुरक्षादेखि अन्य कार्यलाई महत्त्वका साथ हेरिरहेका छौ । केन्द्रबाट खोप वितरण चुस्त दुरुस्त गर्न तथा सुरक्षा प्रदान गर्नेमा प्रशासन सधैँ जिम्मेवार बन्छ । आवश्यकता अनुसार खोप लगाउन सकिएको छैन त्यसलाई ध्यान दिनेछ । जिल्ला समन्वय समितिको बैठकमा खोपको उपलब्धता र भएको खोप कसरी सबै नागरिकलाई उपलब्ध गराउने भन्ने विषयमा छलफल गरी सबैलाई खाेप वितरण केन्द्रमा पुगेकाहरू कोही पनि फर्कन नपाउने गरी प्रशासनले काम गर्नेछ ।

दैनिक जनस्वास्थ्यको मापदण्ड ख्याल नगरी प्रदर्शन भएका छन् । यस्ता गतिविधिले जनस्वावस्थ्यको मापदण्ड उल्लंघन गरी सुरक्षा व्यवस्थालाई चुनौती दिएको जस्ताे भएन र ?

निषेधित भनेर तोकिएको,  सुरक्षाका लागि संवेदनशील क्षेत्र र यातायात आवागमनलाई प्रभाव पार्ने गरी त्यस्ता ठाउँमा विरोधका गतिविधि नगर्न तथा त्यस्ता ठाउँलाई कडा सुरक्षाकर्मीको उपस्थिति गराइन्छ । विभिन्न माध्यमबाट त्यो ठाउँ निषेधित क्षेत्र भनेर सूचना प्रवाह गरिरहेका छौ । स्वास्थ्यको मापदण्ड उल्लंघन गरेर प्रशासनको निर्देश उल्लंघन गरेमा प्रशासनले अब भने कडा कदम चाल्न पनि सक्छ । पहिलो दायित्व नागरिको स्वास्थ्य र राज्यको सम्पत्तिको संरक्षण गर्नु पनि हो ।

कोभिड महामारीको समयमा दिनप्रतिदिन विरोधका विभिन्न राजनीतिक दल तथा अन्य समूहले दैनिक प्रदर्शन गरिरहेका छन् । यस्ता गतिविधि नियन्त्रण गर्न तथा थप सुरक्षा प्रदान गर्न जिल्ला प्रशासनले कस्तो कदम चाल्छ ?

जिल्लाको सुरक्षा व्यवस्थापनमा जिल्ला सुरक्षा समितिले सधैँ आफ्नो गतिविधि बढाइहेको नै हुन्छ । उनीहरूका आफ्नै रणनीति र योजना पनि हुन्छन् ।  काठमाडाँमा भएका प्रदर्शनमा धनजनको क्षति हुन नदिन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छौ । हिजो जिम्मेवारी सम्हालेपछि जिल्ला सुरक्षा समितिको बैठक गरेका थियौं । पछिल्लो सुरक्षा व्यवस्थाको विषयमा समिक्षा र विश्‍लेषण पनि गर्‍यौ । मुख्य कुरा हाम्रो ध्यानकेन्द्रित कोभिडबाट बच्दै र सचेत रही सुरक्षा प्रदान गर्नु नै हो । यस्ता विषयमा कस्ता खालका विषयमा कस्ता-कस्ता प्रभावकारी कदम चाल्न सकिन्छ त्यसका लागि महत्त्वपूर्ण निर्यय गरेका छौं ।

सडकमा दैनिक भइरहेको विरोधका कार्यक्रमले चुनाैती त थप्याे नि ?

कोभिड महामारीमा भइरहेको विरोधका कार्यक्रमलाई हामीले सुक्ष्म ढंगले नियालिरहेका छौ । विरोधका कार्यक्रमलाई शान्तिपूर्ण किसिमले गर्नुभयो भने धेरै चुनौती र बल प्रयोग गरिहाल्नुपर्ने अवस्था हुदैन । निषेधित क्षेत्रमा कार्यक्रम गर्नुहुदैन । मर्यादित खालको वातावरण सिर्जना गरी विरोध गरेमा हामीले अनुचित निर्णय लिनुपर्दैन । शान्ति सुरक्षा प्रदान गर्न प्रशासन सधैँ जिम्मेवार रहन्छ तर साथसाथै नगारिकको स्तरबबाट पनि उतिकै जिम्मेवार बन्नुपर्छ । नागरिकले विरोध कस्तो ठाउँमा कसरी गर्ने भन्‍ने विषय पनि अवलम्बन गर्नुपर्छ । विरोधका नाममा घुसपैठ हुन नदिन हामी अत्यन्तै सजग छौ ।

काठमाडौँ उपत्यकामा आगामी दिनमा निषेधाज्ञा खुकुलो पारिन्छ वा कडा ?

निषेधाज्ञा खुकुलो भए पनि अहिले संक्रमितको अवस्था कस्तो रहन्छ त्यसको अध्ययन गरेर थप निर्णय लिइन्छ । संक्रमितको संख्या बढेमा स्वास्थ्य मन्त्रालयको राय लिएर थप निर्णय लिइन्छ । मुख्य कुरा कोभिड संक्रमितको संख्यामा निर्भर रहन्छ ।

संक्रमणको जोखिम रहेको अवस्थामा असोज १ गतेबाट विद्यालय सञ्चालनमा आउने भएका छन् । प्रशासनले अनुमति दिदा झन संक्रमण फैलने सम्भावना रहँदैन?  

स्थानीय तहलाई कोभिडको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने अनुमति दिएको छ । जुन स्थानीय तहमा संक्रमणको संख्या बढी छ त्यसलाई हेरी उनीहरूले विद्यालय सञ्चालन गर्नेछन् । मुख्य कुरा विद्यालय सञ्‍चालनमा जनस्वास्थ्यको मापदण्ड पालना अनिवार्य शर्त रहन्छ ।

कोभिड महामारीमा निरन्तर जनस्वास्थ्यको मापदण्ड ख्याल नगरी प्रदर्शन भएका छन् । यस्ता गतिविधिले जनस्वावस्थ्यको मापदण्ड उल्लंघन गरी सुरक्षा व्यवस्थालाई चुनौती दिएको जस्ताे देखियाे नि ?

निषेधित भनेर तोकिएको,  सुरक्षाका लागि संवेदनशील क्षेत्र र यातायात आवागमनलाई प्रभाव पार्ने गरी त्यस्ता ठाउँमा विरोधका गतिविधि नगर्न तथा त्यस्था ठाउँलाई कडा सुरक्षाकर्मीको उपस्थिति गराइन्छ । विभिन्न माध्यमबाट त्यो ठाउँ निषेधित क्षेत्र भनेर सूचना प्रवाह गरिरहेका छौ । स्वास्थ्यको मापदण्ड उल्लंघन गरेर प्रशासनको निर्देश उल्लंघन गरेमा प्रशासनले अब भने कडा कदम चाल्न पनि सक्छ । पहिलो दायित्व नागरिको स्वास्थ्य र राज्यको सम्पत्तिको संरक्षण गर्नु पनि हो ।

कोभिडको उच्च जोखिम रहेको अवस्थामा निषेधाज्ञा खुकुलो भएसँगै सार्वजनिक स्थानमा जनस्वास्थ्यको मापदण्ड पालना भएको छैन । प्रशासनले मापदण्ड पालना गराउन कसरी अनुगमन गरिरहेको छ ?

जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो बनाइएको छ । होटल तथा सार्वजनिक स्थानमा मानिसको भिडभाड बढेको छ ।प्रशासनले शत प्रतिशत अनुगमन गरिरहेको छ भनेर भन्‍न सकिने अवस्था छैन । विभिन्न ठाउँमा आकस्मिक किसिमले अनुगमन गरिरहेका छौ । सचेत गराउनेदेखि सार्वजनिक सूचना निकालेर जानकारी दिने काम भइरहेको छ । स्वास्थ्यको मापदण्ड पालना गराउन पनि भनिरहेका छौ । जिल्ला कोभिड व्यवस्थापनको बैठक बसी कोभिड नियन्त्रणमा ठोस पहल थाल्छौं । कोभिड नियन्त्रण गर्न सबै नागरिक जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना पनि गर्नुपर्छ ।

दसैं-तिहार जस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिदै छ । व्यापारीहरूको कालोबजारी नियन्त्रण गर्न र अखाद्य सामग्री विक्री वितरणमा रोक्न अनुगमन कसरी गर्ने योजनामा हुनुहुन्छ ?

चाडपर्वमा व्यापारीले उपभोक्तालाई ठग्‍ने नियत राख्‍नु हुँदैन । यदि ठगी गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिन्छ । प्रशासनमा बजार अनुगनम समिति पनि रहेकाले त्यसलाई सक्रिय बनाइ काम गरिन्छ । कुन मितिबाट अनुगमन गर्ने भनेर भन्‍न सकिने अवस्था छैन । तर चाँडै बजार अनुगमन पनि गरिन्छ ।व्यापारीलाई गैरकानुनी काम गर्ने छुट छैन । कतै त्यस्तो घटना घटेको भए हामी त्यसलाई अनुगमन गरी नियन्त्रण गर्ने प्रयास गर्छौ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x