अनियमितता

भष्ट्राचार अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध मुद्दा दायर

इकागज |
असार १४, २०७९ मंगलबार १६:३८ बजे

काठमाडौंँ - अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले मंगलबार रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, सब–इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसहित ५ जनाविरुद्ध पालिकालाई हानि पुर्‍याएको अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरेको छ। आयोगले उनीहरूलाई २ करोड ६१ लाख ८ सय ५५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएको हो । 

ओमसतिया गाउँपालिका—४ मटेरिया गाउँको मुख्य सडकको पीसीसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाइमा ढलान नगरी सोभन्दा कम मोटाइमा ढलान गरेको भेटिएको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी उक्त रकम भ्रष्टाचार गरेका देखिएको भन्दै आयोग उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो।


उक्त कार्यमा संलग्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इञ्जिनीयर लवकुश चाई र सब इञ्जिनियर सन्तोष भुसालले फिल्डमा कम काम भएको आइटमको नापी किताबमा बढी परिमाण मूल्याङ्कन गरी चढाएको भेटिएपछि भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।


Author

थप समाचार
x