अनियमितता

लेखा अधिकृत र सव-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
चैत २५, २०७७ बुधबार १७:४ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना हेटौंडाका लेखा अधिकृत देवीप्रसाद गौतम र सव-इन्जिनियर नेत्रप्रसाद लामिछानेविरुद्ध ५० हजार रुपैयाँ घूस लिएको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सव-इन्जिनियर लामिछानेलाई सेवाग्राहीसँग निर्माणपछि धरौटी रकम भुक्तानी दिने प्रयोजनका लागि अतिरिक्त रकम मागेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।


आयोगको दाबीअनुसार, ‘लेखा अधिकृत गौतम र लामिछानेले सेवाग्राहीलाई उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरिदिएवापत ५० हजार घुस माग गरी लिएको पुष्टि हुन आएको हो ।’
 


Author

थप समाचार
x