अनियमितता

प्रहरी हवल्दारविरुध्द मुद्दा

इकागज |
कात्तिक २५, २०७७ मंगलबार १६:१० बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र साहानीविरुद्ध ४ लाख रुपैयाँ बिगो कायम गरी घूस मुद्दा चलाएको छ । आयोगले हवल्दार साहानीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जातीय विभेदसम्बन्धी मुद्दामा सहजीकरण गरिदिएवापत् सेवाग्राहीसँग घूस लिएको अभियोग आयोगले लगाएको छ । आयोगले साहानीलाई सेवाग्रागीबाट ४ लाख घूस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । घूस लिएको सप्रमाण पुष्टि भएको जिकीरसहित आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार जरिवाना र कैद सजायँको माग दावी लिएको छ ।



Author

थप समाचार
x