अनियमितता

घूस लिएको अभियोगमा मुद्दा दायर

इकागज |
चैत ३१, २०७७ मंगलबार २१:१ बजे

काठमाडौँ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार जग्गा नामसारी तथा अंशबण्डा गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्‍ने सूचनाका आधारमा केही दिन पहिले जोशी २४ हजार घूस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए । आयोगले बिगोबमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।  (रासस)
 



Author

थप समाचार
x