अनियमितता

पर्यटन मन्त्रालयका उपसचिवले ६ लाख घूस लिएपछि...

इकागज |
असोज २, २०७९ आइतबार १४:४२ बजे

काठमाडाै‌ं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप–सचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरिएको छ । 

प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख घूस लिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको हो ।


विशेष अदालतमा मुद्धा दर्ता भएलगत्तै उनलाई पक्राउ गरिएको थियो । नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका अनुसार घूस लिएको रकमबाहेक उनको साथबाट स्रोत नखुलेको थप १६ लाख पचास हजार रुपैयाँसमेत बरामद गरिएको थियो । घूस लिएको रकमबिगो कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय हुन मागदावी गरिएको छ ।

साथै, नेपालले आफू वहाल रहेको पदअनुसार बि.बि. एयरवेज प्रा.लि.को इजाजत नवीकरण सम्बन्धित कार्य सम्पादन गर्दा प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग १६ लाख पचास हजार सापटी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा छ को उपदफा (१) बमोजिमको कसुर गरेको खुलेको छ ।
कैद सजाय गरी ऐनको दफा छ(१) बमोजिम जफत गरी पाउनसमेत मागदावी गरिएको अख्तियारले जनाएको छ ।

साथै, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले एयरवेज प्रा.लि.को इजाजत नवीकरण कार्यसम्पादन गरेका नेपाललाई पैसा सापटी दिई लाभ पु¥याउने कार्य गरेकाले उनलाईसमेत सजाय माग दाबी गर्दै मुद्धा दर्ता गरिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा छ को उपदफा (१) बमोजिमको कसुरमा ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेकाले  श्रेष्ठ उपर सोही ऐनको दफा छ को उपदफा (१) ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ को प्रतिवन्धत्माक वाक्यांशबमोजिम सजाय मागदावी गरिएको छ ।
 


Author

थप समाचार
x