असुरक्षित भ्युटावर निर्माण गर्नेहरूविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ– गुणस्तरहीन सामान प्रयोगसहित असुरक्षित किसिमको भ्युटावर निर्माणमा भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार बाँकेको कोहलपुर– ०४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहले भ्युटावर निर्माणका लागि प्राविधिक विज्ञको सहयोग नलिकन १५ लाख ८ हजार ६ सय ९ रुपैयाँ खर्च भ्युटावर (मचान) निर्माण भएको थियो । त्यसमा गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरी सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको देखिएको छ ।
सरकारी रकम दुरुपयोग गरी लागत अनुमान र नक्सा समेतबेगर मचान भनी असुरक्षित तथा गुणस्तरहीन भ्युटावर निर्माण भएको थियो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उक्त निर्माणमा वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनुकुमारी पाण्डे र सचिव दिल माया रानाको संलग्नता देखिन्छ । आयोगले लागत खर्च १५ लाख ८ हजार ६ सय ९ रुपैयाँलाई भ्रष्टाचार ठहर गरेको छ । आयोगले अभियुक्तहरूसँग कैद सजाय र विगोबमोजिम जरिवानाको माग गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया