पाँच हजार घूससहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर पक्राउ
पर्सा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घूस रकमसहित पक्राउ गरेको छ । पाँच हजार रुपैयाँ घूस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादव सेवाग्राहीसँग पाँच हजार घूस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैध रूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया