सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने उपसचिवसहित आठविरुद्ध आरोपपत्र दायर
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृतसहित आठ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा कायम गराई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंले नेपाल सरकारको नाममा कायम जग्गा व्यक्तिको नाममा दर्ता गरि भ्रष्टाचार गरेको भन्ने उजुरीका सम्बन्धमा आयोगले अनुसन्धान गर्दा सरकारको नाममा बाटो कायम भएको काठमाडौं महानगरपालिका साबिक वडा नम्बर १६ कित्ता नम्बर १३९९ क्षेत्रफल ९१.३१ वर्गमिटर जग्गा
भक्तरत्न तुलाधरको नाममा कायम गर्ने निर्णय गरेको आरोप छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया