२० हजार रुपैयाँ घुससहित इन्जिनियर पक्राउ
काठमाडौँ- सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई पक्राउ गरेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार पक्राउ गरेकाे हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया