नौ हजार घुस रकमसहित एक प्रहरी अख्तियारको फन्दामा
सिराहा- सिराहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक जना प्रहरीलाई नौ हजार घुस रकमसहित पक्राउ गरेको छ ।
मुद्दा मिलाइदिने भन्दै इलाका प्रहरी कार्यालय मिर्चैया मुदा शाखाका प्रहरी सहायक निरीक्षक सचिन यादवलाई आज अपराह्न कार्यालय बाहिर सेवाग्राहीसँग नौ हजार घुस रकम लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका यादवले मिर्चैयाकै दुई जना सेवाग्राही मध्ये एउटासँग मुद्दामा सहज बनाइदिने भन्दै ९ हजार नगद रकम र अर्का सेवाग्राहीसँग मुद्दा दर्ता नगर्न दुई लाख रकमको माग गरेको अडियोको आधारमा अख्तियारले उनलाई पक्राउ गरेकाे हाे ।
पक्राउ परेका यादव पहिलादेखि नै कार्यलय प्रमुखहरूकै सहमतिमा सेवाग्राहीसँग अवैध रकम असुल्ने जुनसुकै मुद्दाको सेटिङ गराउने गरेको स्थानीय सेवाग्राही बताउँछन् । उनी पक्राउ पर्दा यहाँका सेवाग्राही निकै नै उत्साहित देखिएका छन् ।
घुस रकमसहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि बर्दिबास लैजाने तयारी गरिरहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया