महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित बानेश्वरबाट पक्राउ
काठमाडौँ- जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका अनुसार उनको साथबाट घुसबापत सेवाग्राहीसँग लिएको ५० हजार नगद र एक लाख रुपैयाँको चेक बरामद गरिएको छ । भवन निर्माणसम्बन्धी विषयमा घुस रकम र चेक लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया