कोटहीमाई गाउँपालिकाका इन्जिनियर ४५ हजार घुस रकमसहित पक्राउ
काठमाडौँ– रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव ४५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले इन्जिनियर अर्विन्दकुमार यादवलाई घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताएका हुन् ।
इन्जिनियर यादवले रुपन्देहीको टोटहिमाई गाउँपालिका–७ को सडकको नापजाँचपछि भुक्तानी प्रयोजनका लागि ४५ हजार घुस लिएको पाइएपछि पक्राउ गरिएको आयोगले जनाएको छ । यादवलाई अहिले पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया