Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अनियमितता

मोरङको शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
असार २६, २०८० मंगलबार १४:२२ बजे

काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएका मोरङको शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शिक्षक पदमा नियुक्तिका लागि झुठा शैक्षिक विवरण पेस गरेको आरोपमा मंगलबार आयोगले मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


मण्डलले भारतको मगध विश्वविद्यालयबाट बीएस्सी उर्तीण गरेको भनि पेस गरेको प्रमाणपत्र नक्कली रहेको आयोगले बताएको छ । आयोगले उनलाई भ्रष्टाचार ऐन बमोजिम सजाय गर्न माग गरेको छ ।


Author

थप समाचार
x