सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा
फाइल फोटो
काठमाडौँ–सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विनोद पोखरेल विरुद्ध अख्तियार दुरुपयोग आयोगले भ्रष्टाचार मुद्दा हालेको छ ।
लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको भेटेपछि आयोगले नियन्त्रणमा लिएको थियो ।
पोखरेललाई अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइका थिए । आयोगले पोखरेललाई एक लाख विगो जरिमाना सहित कैद सजायको माग राखी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया