नापी कार्यालय लहानका अमिन घुससहित पक्राउ
काठमाडौँ–सिराहाको नापी कार्यलयमा कार्यरत अमिन दिपरन्जन यादप घुस रकमसहित पक्राउ परेका छन् ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवलाई कार्यलयबाट सेवाग्रहीसँग १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
यादवले जग्गा धनीपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिएको खुलेको हो ।
आयोगको बर्दिवास कार्यलयबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया