झुट्टा प्रमाणपत्र पेश गरी नियुक्त भएकी शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ– शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी नियुक्त भएकी नुवाकोटको कन्यादेवी आधारभूत विद्यालयकी शिक्षक मञ्जुकुमारी थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
थापाले स्थायी नियुक्ति हुनका लागि भारतको विहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा प्रमाणपत्र पेस गरेको आरोपमा सोमबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
शिक्षक थापाले २०५५ मंसिरमा प्रा.वि तहमा अस्थायी नियुक्ति लिएकी थिइन् । त्यसपश्चात २०७५ साल चैतमा स्थायी नियुक्तिका लागि पनि सोही झुट्टा प्रमाणपत्र पेस गरेको आयोगले बताएको छ ।
आयोगले थापालाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय गर्न माग गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया