सिरहाको नापी कार्यालयका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहको नामी कार्यालयमा करारमा कार्यरत अमिन दिपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलबार आयोगले अमिन यादवले जग्गा धनीपूर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले अमिन यादवलाई जग्गा धनीपूर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिएको अवस्थामा भदौ ५ गते नियन्त्रणमा लिएको थियो । यादवले जग्गाको कित्ताकाट गरी जग्गाधनी दर्ता प्रमाणपूर्जासमेत बनाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए ।
आयोगले अदालत समक्ष आरोपी यादवलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगो जरिमाना गर्न माग गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया