नापी कार्यालय झापाका नापी सर्वेक्षक घुस रकमसहित अख्तियारको नियन्त्रणमा
फाइल तस्बिर
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र बिचौलिया उमेश यादवलाई नियन्त्रणमा लिएको छ ।
कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीबाट ७० हजार रुपैयाँ नगद र ५५ हजारको रुपैयाँको चेक गरी जम्मा १ लाख २५ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।
उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया