रिडी पावर कम्पनीका पूर्वअध्यक्ष न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।
विभागले सेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विभागले उनीमाथि १ करोड ९९ लाख रुपैंया विगो मागदावी गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया