जीवित श्रीमानकाे मृत्यु भएको भन्दै एकल भत्ता खाएपछि...
फाइल फोटो
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्ला मन्थली नगरपालिका-३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पति हिनामिना गरेको आरोपमा तत्कालीन वडा सचिव महत्तो र निर्मला खत्रीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
आफू जीवितै हुँदै आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र बनाएर आफ्नो श्रीमतीलाई एकल महिला भत्ता खुवाएको भन्ने उजुरी अख्तियारमा परेको थियो । उक्त उजुरीपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो । उनीहरूले एकल भत्ताबापत ४५ हजार २२० हिनामिना गरेको पाइएको छ ।
महत्तोले निर्मला खत्रीको मिलेमतोमा जीवित श्रीमान्को मृत्यु भएको भन्दै मृत्यु दर्ता प्रमाणपत्र बनाएको खुलेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया