नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकी बालविकास शिक्षिका मल्लविरुद्ध मुद्दा
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको बर्दगोरीया गाउँपालिको श्री माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार आयोगले बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बालविकास कार्यकर्ता निरञ्जना मल्लले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालयवाराणासी भारतबाट जारी भएको हाई–स्कुल परीक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आयोगले जनाएको छ ।
आयोगले शिक्षिका मल्ललाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र जरिमाना सजाय गर्न अदालतसँग माग गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया