अनियमितता

बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने अख्तियारको तयारी

इकागज |
असार ९, २०८१ आइतबार १२:३६ बजे

काठमाडौँ – मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार ​उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी छ । अर्याल विरुद्ध आधा दर्जन मुद्दामा अख्तियारले अनुसन्धान गरिरहेको छ । ​


टेरामक्स प्रविधि खरिद प्रकरण र सेक्युरिटी प्रिन्टिङका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग संचार सचिव हुँदा समेत आर्थिक लेनदेन गरेको आरोपमा अर्यालविरुद्ध अनुसन्धान जारी छ ।

 


Author

थप समाचार
x