अनियमितता

नक्कली प्रमाणपत्र पेश गरि नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्दा दायर

इकागज |
भदौ २४, २०८१ सोमबार १८:४९ बजे

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बिकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बिकले सव-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी सव-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 



Author

थप समाचार
x