अनियमितता

अख्तियारमा एक वर्षमा २६ हजार ९१८ उजुरी

इकागज |
भदौ ३०, २०८१ आइतबार १६:१७ बजे

फाइल फाेटाे

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक बर्षमा २६ हजार ९ सय १८ उजुरीहरू प्राप्त भएका छन् । 

३४ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले विभिन्न माध्यमबाट २६ हजार बढि उजुरी प्राप्त भएको जनाएको हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ उजुरीहरू समेत गरि जम्मा कारवाही गर्नुपर्ने उजुरीको संख्या ३६ हजार १ सय ८६ मध्ये ७६ दशमलव ५९ अर्थात २७ हजार ७ सय १४ उजुरी प्रारम्भिक छानबिनबाटै फर्स्यौट भएको छ ।


अख्तियारमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढि संघीय मामिलासँग सम्बन्धित ३८ दशमलव ९१ प्रतिशत रहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।  गत आर्थिक वर्षकाे ८ हजार ४ सय ७२ उजुरी चालू आर्थिक बर्षमा जिम्मेवारी सरेर आएका छन् ।

गत आर्थिक वर्षमा विशेष अदालतबाट २ सय ३३ वटा मुद्दाहरूको फैसला भएको छ भने ९२ वटाको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावदेन गरिएको उनले बताए । 

त्यस्तै आयोगले मुद्दा बापत १५ सय ४५ जनालाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत माग दाबी भएको जनाएको छ । आयोगले भ्रष्टाचार हुनै नदिन निरोधात्मक र भ्रष्टाचारविरुद्ध जागरण अभिवृद्धि गर्ने प्रवद्र्धनात्मक कार्यहरू सञ्चालन गर्दै आएको समेत जनाएको छ । 


Author

थप समाचार
x