अनियमितता

तारकेश्वरका अमिन चौंलागाई घुस रकमसहित पक्राउ

इकागज |
असोज १४, २०८१ सोमबार २१:२२ बजे

सांकेतिक फोटो

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईंलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले चौलागाईंले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग २० हजार लिइसकेको अवस्थामा र श्रोत नखुलेको ३४ हजार सहित तारकेश्वर नगरपालिका- ६ धर्मस्थलीबाट सोमबार पक्राउ गरेको जानकारी दिएको छ ।


अख्तियारले चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।


Author

थप समाचार
x