अनियमितता

अख्तियारद्वारा ७ जनाविरुद्ध मुद्दा दायर

इकागज |
असोज ४, २०७८ सोमबार १८:१३ बजे

काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङ सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष दिपक घर्तीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । पदमा हुँदा गैरकानुनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्ट्राचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

त्यस्तै नेपाल खाद्य संस्थान शाखा कार्यालय लाहानका प्रमुख गंगा प्रसाद साह समेत गरी ४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।



Author

थप समाचार
x