पिपरा गाउँपालिकामा अख्तियारको छापा
फाइल तस्वीर
महोत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ ।
गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागी छापा मारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ ।
'जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरीको आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेका हौं,' अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया