अनियमितता

हुँदै नभएको काम सम्पन्न भएको भनी प्रतिवेदन बनाएपछि...

इकागज |
फागुन १३, २०७८ शुक्रबार १८:१३ बजे

फाइल फोटो

काठमाडाैँ – विकास निर्माणको काम नागरिकको सुविधाका लागि गरिन्छ । सामान्यतया सरकारको कोषबाट खर्च हुने बजेटमा पारदर्शितालाई महत्वका साथ स्थान दिइएको हुन्छ । हरेक नागरिकले जान्न चाहँदा पनि सरकारी निकायले जानकारी दिनुपर्छ । सोही कार्यका लागि नागरिकले आफ्नो गाँस कटाएर सरकारी कर्मचारीलाई तलब भक्ता खुवाएका हुन्छन् । 

शपथ खाएर कार्यक्षेत्रमा खटिएका सरकारी कर्मचारीले नै गलत कामलाई सही ठहर्‍याउन खोजेपछि त्यो भन्दा बदमासी अरु के होला ? यस्तै भएको छ बाग्लुङमा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा हेर्ने हो भने हुँदै नभएको कामसमेतलाई बढाइचढाई गरेर भुक्तानी गरेको पाइएको छ । 


दाबगरा बसपार्क निर्माणमा गर्नुपर्ने काम नगरेको, हुँदै भएको काम गरेको, काम सम्पन्न भएको भनि गरी गरिएको प्रमाणीकरणको अध्ययन गर्दा सबै फर्जी देखिएको आयोगले जनाएको छ । आयोगले पाँच लाख ९० हजार ५०९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सबइन्जिनियर घनश्याम रिजाल, इन्जिनियर मनोज शर्मा, कार्यसम्पन्न भएको भनी प्रतिवेदन बनाउने सीडीई दयाराम अधिकारीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गरिएको छ । 

यस्तै, बाग्लुङ नगरपालिका–४ का वडाअध्यक्ष धु्रबबहादुर केसी, नगरउपप्रमुख सुरेन्द्र खड्का र इन्जिनियर मनोज शर्मा, बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनीति शर्माविरुद्ध पनि बिगो बमोजिमको कारवाहीको माग गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।


Author

थप समाचार
x