अनियमितता

१५ हजार घूससहित  सशस्त्रका हवल्दार बस्‍नेत पक्राउ

सुभाष कर्ण |
माघ १९, २०७७ सोमवार २०:२० बजे

जनकपुरधाम : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट सशस्त्र प्रहरीका हवल्दार श्रवण बस्‍नेतलाई घूससहित  पक्राउ गरेको छ ।
 
सोमवार दिउसो जिल्लाको गौशाला नगरपालिकास्थित निगौलचोकबाट १५ हजार रुपैयाँ घूस रकमसहित पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयका प्रवक्ता मणिराज ज्ञवालीले जानकारी दिए । बस्‍नेत गौशाला नगरपालिका-१ स्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत छन् । 

आयोगको कार्यालय बर्दिबासबाट टिकाराम भण्डारीको नेतृत्वमा खटेको टोलीले बस्‍नेतलाई दाउरा ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घूस लिइरहेको बेलामा पक्राउ गरेको हो । बस्‍नेतमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता  ज्ञवालीले जानकारी दिए । 



Author

थप समाचार
x