अनियमितता

राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धक चौधरीसहित ४ जनाविरुद्ध मुद्दा दायर

इकागज |
फागुन २६, २०७८ बिहीबार १५:५४ बजे

काठमाडाैँ –  अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर गरेकाे छ ।

तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरी, माधवप्रसाद भण्डारी, अर्जुनबहादुर बुढाथोकी र पुन्न बहादुर शाहीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।


सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेस्की लिन मिलेमतो गरेको, निर्माण व्यवसायी वी.टी./टौदह/फस्कु जे.भी. काठमाडौंले पेस गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रबन्धक चौधरीले वि.टी./टौदह/फस्कु जे.भी.को तर्फबाट म.प.सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराहीको पक्षमा  फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानत पत्रहरुमा हस्ताक्षर गरी गलत लिखत तयार गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएकाे अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डरीले जानकारी दिए ।

उनका अनुसार चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा ऐनको दफा ९ बमोजिम सजाय माग गरिएकाे छ ।


यसैगरी, वि.टी/टौदह/फस्कु जे.भी.का जे.भी. सदस्यहरु बी.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक भण्डारी, फस्कु निर्माण सेवा र सोका तत्कालीन प्रोप्राइटर बुढाथोकी, टौदह कन्सट्रक्सन र जे.भी.का प्रतिनिधि शाहीले साविक म.प.सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराही र बोलपत्रदाता वि.टी/टौदह/फस्कु जे.भी.बीच सम्झौता भएको ठेक्का नं. ०३-०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माण कार्यमा तत्कालीन शाखा प्रबन्धक चौधरीसँग मिलेमतो गरी मतियार भई वी.टी./टौदह/फस्कु जे.भी.को तर्फबाट साविक म.प. सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र तयार गरी गराई पेस्की लिई लाभसमेत लिएबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गर्ने गराउने कार्यमा निजहरुको संलग्नता मतियारको रुपमा रहेकाे अनुसन्धानबाट पुष्टि भएकाे उनले बताए ।
 


Author

थप समाचार
x