मालपोत कार्यालय चाबहिलका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गा नामसरी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख ३५ हजार रूपैयाँ घूस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । गत फागुन १२ गते अख्तियारको टोलीले बस्नेतलाई घूससहित पक्राउ गरेको थियो । बस्नेतले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घूस लिएको देखिन आएको अनुसन्धानबाट खुलेकाे आयोगले जनाएकाे छ ।
घुस/रिसवत रकम माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक बार्गेनिङ गरी घुस/रिसवतवापतको रकम लिएको पुष्टि हुन आएको हुँदा निज लक्ष्मण बस्नेतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भएअनुसारको कसुर गरेकोले बस्नेतविरुद्ध १ लाख ३५ हजार बिगाे कायम गरी मुद्दा दायर गरिएकाे आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया