ताप्लेजुङकी मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउ
काठमाडौैं - डेढ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी मालपोत अधिकृत पक्राउ परेकी छिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत लेखा पनेरु महतलाई पक्राउ गरेको हो ।
फक्ताइङलुङ गाउँपालिका ७ को जग्गा अंशियारबीच भाग बन्डाका लागि उनले घुस मागेकी थिइन् ।
फुङलिङ नगरपालिका ४ स्थित राधा श्रेष्ठको घर अगाडिबाट उनलाई आयोगले नियन्त्रणमा लिएकाे हाे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया