जीवनशैली

जुम्लावासीलाई चिसोबाट जोगाउने तातोपानी कुण्ड

इकागज |
पुस ५, २०७८ सोमबार १५:४२ बजे

जुम्ला - जुम्लाको तापक्रम यतिबेला माइनस ६ दशमलब शून्य डिग्री छ । केही दिनपछि यहाँको तापक्रम माइनस १५ डिग्रीभन्दा माथि पुग्ने मौसम विभागको पूर्वअनुमान छ । बढ्दो चिसोबाट जोगिन यहाँका सर्वसाधारणले जसोतसो प्रयास त गरिरहेकै छन् । तर, पानी नै जम्न थालेपछि सरसफाइ गर्ने पानी र खानेपानीसमेत अभाव हुन थालेको छ ।

बरफ बनेको पानी पगाल्ने प्रशस्त बिजुली अभाव र ज्यान तातो बनाउने लत्ताकपडा नभएका बेला यसका सर्वसाधारणलाई तातोपानी गाउँपालिकामा रहेको तातोपानी कुण्डले निकै राहत दिइरहेको छ । 


जब जुम्लामा चिसो बढ्छ तातोपानीको कुण्डमा नुहाउन आउनेको भिड लाग्छ । कुण्ड व्यवस्थापनको लागि तातोपानी पर्यटक व्यवस्थापन समितिसमेत गठन भएको छ । यसले तातोपानीमा नुहाउन आउनेको व्यवस्थापन र कुण्डको संरक्षण गरिरहेको छ । 

तातोपानी धारामा नुहाएको जिल्लाभित्रकालाई २० रुपैयाँ र जिल्ला बाहिरको हकमा ३० रुपैयाँ समितिले लिने गरेको समितिका कर्मचारी छकबहादुर बुढाले बताए ।  उनले भने, 'एक महिनामा ४० देखि ६० हजार शुल्कबाट मात्रै उठ्छ ।' यहाँ दिनकै एक सय ५० जनाभन्दा बढी सर्वसाधारण आउने गरेका छन् । उनी भन्छन्, 'जुम्लामा चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेहरू पनि बढ्छ । यहाँ जुम्ला भन्दा बाहिरका मानिससमेत आउने गरेका छन् ।' 


Author

थप समाचार
x