साहित्य

बुटवलमा कथा लेख्‍न सिकाउने कार्यशाला सुरु

इकागज |
माघ १, २०७९ आइतवार १३:० बजे

बुटबल-बुटवलमा कथा लेखन परम्परालाई समृद्ध बनाउने उद्देश्यले ३ दिने कथा लेखन कार्यशाला सुरु भएको छ । ‘घुम्ने किताब’ संस्थाको आयोजनामा बुटवलको होटल कस्तुरीमा कार्यशाला सुरु भएको हो । 

कार्यशालाका लागि १० दिन अगाडि आवेदन खुल्ला गरिएको र ३१ जना आवेदक मध्येबाट कार्यशालाका लागि १० जनालाई मात्र छनौट गरिएको घुम्ने किताबको संयोजक सरिता श्रीसले बताइन् । कार्यशालाको उद्घाटन गर्दै लेखक तथा अध्येता जंगबहादुर शाहले कार्यशालाले नयाँ कथाकार जन्माउने अपेक्षा व्यक्त गरे ।


कार्यशालाको पहिलो दिन सह–प्राध्यापक ऋषिराम भुषालले कथाको संरचना र सैद्धान्तिक विषयमा प्रशिक्षण दिए भने कथाकार रुद्र ज्ञवालीले कथा लेखनको अनुभव बताए । कार्यशालाको दोस्रो दिन कथाकार दिल साहनी र अन्तिम दिन आख्यानकार नयनराज पाण्डेको प्रशिक्षण रहने श्रीसले बताइन् । कार्यशालाको अन्तिम दिन माघ २ गते दिउँसो २ बजेदेखि नयनराज पाण्डेसँग खुल्ला अन्तर्क्रिया कार्यक्रम पनि आयोजना गरिएको आयोजकले बताएका छन् । 


Author

थप समाचार
x