साहित्य

युद्ध प्रसाद स्मृति सम्मान युवा कवि पुरुषोत्तम आचार्यलाई

इकागज |
कात्तिक २८, २०८० मंगलबार २०:८ बजे

मकवानपुर- ‘युद्ध प्रसाद स्मृति सम्मान– २०८०' बाट पुरुषोत्तम आचार्य सम्मानित हुने भएका छन् । प्रगतिशील लेखक संघ, मकवानपुरद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको उक्त सम्मानबाट प्रगतिवादी युवा कवि आचार्यलाई सम्मानित गरिने भएकाे हाे ।

प्रगतिशील लेखक संघ, मकवानपुरद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको २२ हजार राशीको सम्मान आचार्यलाई प्रदान गर्ने निर्णय भएकाे संघ अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए । युद्ध प्रसाद स्मृति सम्मान मकवानपुरे साहित्यकार तथा हास्य व्यङ्ग्यकार आरसी रिजालले स्थापना गरेका हुन् ।


मकवानपुरलाई कर्म थलो बनाइ साहित्यकाे प्रगतिवादी धारमा अनवरत रुपमा कलम चलाउँदै आएका आचार्यका हालसम्म ५ वटा कृतिहरू प्रकाशित छन् । उनकाे भोको मझेरी – मुक्तक संग्रह २०६८, मुटु र गीतहरू – गीत संग्रह २०७०, राेरिङ फ्लेम्स – संयुक्त कविता संग्रह- २०७७, छैनौ कसोरी तिमी- ऊर्जाकाव्य २०७९, जनेली – खण्डकाव्य, २०८० प्रकाशित भएका छन् ।

माध्यमिक तहमा नेपाली विषय अध्यापन गराउँदै आएका उनकाे आफ्नै शब्द संगीत र आवाजमा केही गीत गजलहरू समेत स्वरबद्ध छन् । युद्ध प्रसाद स्मृति सम्मानबाट यस अघि डा. पशुपतिनाथ तिमल्सिना र जनगायक रामेश श्रेष्ठ सम्मानित भएको छन् ।


Author

थप समाचार
x