साहित्य

गजल

काँडाहरू

सरू आचार्य |
मंसिर ५, २०८० मंगलबार ७:४९ बजे

यसरी  चिन्छन्  काँडाहरू  मलाई 
फूल सम्झिन्छन् काँडाहरू मलाई 

बगैंचामा जान मिल्दैन  मैले
काँडा सुम्पिन्छन् काँडाहरू मलाई 


नदी र किनारको सम्बन्ध  जस्तो 
बाटोमा पर्खिन्छन् काँडाहरू मलाई 

बजार   लगाउने  तयारी हुँदै छ
सायद बेचिदिन्छन् काँडाहरू मलाई

म भने डरले काँपी रहन्छु 
हेरेर  जिस्किन्छन् काँडाहरू मलाई

बिर्सी दिऊँ भन्छु काँडाका  कुरा
फेरि सम्झिन्छन् काँडाहरू मलाई

छाडि दिएँ मैले मेरो बाटो
अब उछिन्छन् काँडाहरू मलाई

 

मेचीनगर- २ झापा


Author

थप समाचार
x