साहित्य

न प्रश्न थियो, न उत्तर

शुरज थपलिया |
मंसिर १५, २०८० शुक्रवार ९:५५ बजे

नराम्रो त्यो बाटो थियो,
ढुंगा अनि माटो थियो,
ठेस लाग्यो दुख्यो कठै,
मुटुमा एउटा गाँठो थियो ।

पर पुगेर किन आयौ,
प्रश्न थिए अनेकथरि,
सोध्न पनि सकिन खै, 
तिम्रो मेरो अलग बाटो थियो ।


बात थियो साथ थियो, 
न दिन थियो न रात थियो,
न पुग्ने टुंगो थियो,
न गन्तव्य एउटै थियो । 

नजानेरै दुखे होला, 
मन अनि मुटु त्यो,
न लेखेरै लेखे हुँला, 
नचाहिने शब्द त्यो ।

कहानी नै थिएन यो, 
न त हाम्रो कथा थियो,
केही पनि थिएन यो, 
न प्रश्न थियो न उत्तर थियो । 

हिमाल थियो, 
तराई थियो,
चिसो चिसो सिरेटो थ्यो,
कतै थिए भुमरीमा,
तिम्रो मात्रै याद थियो ।


Author

थप समाचार
x