साहित्य

म तिम्रै सफलतामा रम्‍ने मान्छे

शुरज थपलिया |
माघ ३, २०८० बुधबार ८:७ बजे

म तिम्रो पाइला-पाइलामा 
शुभकामना टक्र्याउने एउटा मान्छे हुँ
तिमी जाउ बढ्दै अघि 
बाटोका काँडाहरू पन्छाउने छु

केही नसोच्‍नु दुख्यो कि भनि
हरपल म तिमीसँगै रमाउने छु
पल-पलमा सबैबाट चोरी
तिम्रै सफलताका गीत गाउने छु


नसोच्‍नु नराम्रो कहिल्यै
नबिराउनु पाइलाहरू
जहाँ आउँछन् दु:खका पहाड
तिम्रै हात म समाउने छु

हिड्दै जाउ नथाक्नु कहिल्यै
भोक प्यास दु:ख आउँछन् जीवनमा
नरम्नु बाटो मोडेर कतै 
गन्तव्यसम्म तिमी मलाई साथै पाउने छौ

लिई पूजाको थाली 
भगवानसँग माग्‍नेछु,
बढ्दै जाउ जीवनमा अघि-अघि
म तिम्रै सफलतामा रमाउने छु

नसोच्‍नु मेरोबारे कहिल्यै
तिम्रो शुभेच्छा गर्ने यात्री हुँ
जब दु:ख पर्छ नि जीवनमा 
बस आसपास तिमी मलाई पाउने छौ ।


Author

थप समाचार
x