साहित्य

पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छानिए

इकागज |
असार १५, २०८१ शनिबार ११:३८ बजे

काठमाडौँ- खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार-२०८० का लागि पहिलो चरणमा १५ वटा पुस्तकको सूची सार्वजनिक गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले चयन प्रक्रियाको पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त १८६ वटा पुस्तकहरूमध्येबाट १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ लिस्ट) सार्वजनिक गरेको हो ।

पहिलो चरणमा १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची, दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए ।


जसमा अडिएका पाइला (उपन्यास) विष्णु सापकोटा, अद्वैत (उपन्यास) कृष्ण गौतम, अर्को देशमा (कथा संग्रह) सानु शर्मा, गल्ली संसार (निबन्ध संग्रह) रोशन शेरचन, गोधूलि गीत (उपन्यास) भानु बोखिम, गोपीचा (उपन्यास) विश्व कुइँकेल, जोगियाना (संस्मरण) कुमार नगरकोटी, बहादुर शाह (उपन्यास) चिरन्जीवी वाग्ले, बागी स्त्रीको (आत्मकथा-कविता संग्रह) सुमिना, बादलडाँडा (नियात्रा) राजेन्द्रमान डंगोल, बोरा (उपन्यास) अखण्ड भण्डारी, भृकुटी (उपन्यास) गोविन्दप्रसाद कुसुम, लन्डन अनप्लग्ड (संस्मरण) गोपी सापकोटा, संस्कृति चिन्तन (निबन्ध संग्रह) अरुण गुप्तो र साखेजुङको उकालो (जीवानाख्यान) भुवनहरि सिग्देल छानिएको छ ।
 
प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ ।


Author

थप समाचार
x