सेवाग्राहीसमक्ष सूचना पुर्याउन ‘पारदर्शी भित्तो’
तनहुँ - जिल्लाको शुक्लागण्डकी नगरपालिका कार्यालयले सेवाग्राही सहजरूपमा सूचना पुर्याउन ‘पारदर्शी भित्तो’ सञ्चालनमा ल्याएको छ । नगरपालिकामा भए गरेका काम तथा विभिन्न गतिविधिका बारेमा सहजरूपमा सूचना दिने उद्देश्यले ‘पारदर्शी भित्तो’ सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले यसअघि नागरिकमैत्री र उत्तरदायी सेवा प्रवाहमा सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालन गरी सेवा दिँँदै आएको छ ।
उक्त कार्य प्रभावकारी हुने देखिएपछि जिल्लाका अन्य केही पालिकाले अवलम्बन गरी सेवा प्रदान गर्न थालेको पाइन्छ । पारदर्शी भित्तोमा छुट्टाछुट्टै शीर्षकमा सूचना टाँस गरी सेवाग्राहीलाई सूचित गर्ने काम गरिएको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिए। कार्यालयमा हुने मासिक आयव्यय, दैनिक हुने सूचना कार्यक्रम प्रकाशन, बैठकका निर्णय विविधलगायत शीर्षक राखेर भित्तोमा टाँस गर्ने गरिएको उनले बताए ।
पारदर्शी भित्तोलाई व्यवस्थित गर्न र नगरमा भएका गतिविधि सेवाग्राहीलाई जानकारी दिनका लागि पारदर्शी भित्तो स्थापना गरिएको नगरपालिका कार्यालयले जनाएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई पढ्न र हेर्न सहज वातावरण सिर्जना गरिएको छ ।
नगरपालिकामा भएका कामलाई पारदर्शी बनाएर सेवाग्राहीसम्म पुर्याउने लक्ष्यअनुरूप उक्त कार्यको थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलावल्भ न्यौपानेले जानकारी दिए ।
अहिले नगरपालिकामा सेवा लिन आएका मानिसलाई एकपटक पारदर्शी भित्तो अवलोकन गरेर मात्रै फर्किने बानी परिसकेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया